आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ।
असार २५ गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति करिब २ बजे मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचारपछि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए।
यसअघि पनि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको उपचारका क्रममा मृत्यु भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस