Techie IT
२०८३ श्रावण १६, शनिबार

धनुषा र सिरहामा कर्फ्यु जारी: बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सेवा खुला


धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश अझै कायम रहेको स्पष्ट पारेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्युको समयमा पनि केही खुकुलो प्रावधान लागू गरेको छ।

प्रशासनको पछिल्लो सूचनाअनुसार, कर्फ्युका बाबजुद सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्री खरिद गर्नका लागि हरेक दिन बिहान ५ बजेदेखि १० बजेसम्मको समय उपलब्ध गराइएको छ। सो अवधिमा नागरिकहरू आवश्यक कामको लागि घरबाट बाहिर निस्कन पाउनेछन्।

कर्फ्युको अवधिमा पनि सेवा प्रवाहमा कुनै अवरोध नहुने जनाइएको छ। प्रशासनका अनुसार अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, र दूध/पानी बोकेका सवारी साधनहरू निर्बाध रूपमा सञ्चालन हुनेछन्।

स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, रेडक्रसकर्मी तथा बिरामीहरूलाई विशेष प्राथमिकता दिइएको छ। साथै, हवाई यात्रा गर्ने यात्रुहरूलाई आधिकारिक हवाई टिकट र परिचयपत्रका आधारमा विमानस्थलसम्म आवतजावत गर्न दिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यु आदेशको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सबैमा आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट