Techie IT
२०८३ असोज ६, मंगलबार

सप्तरीका दुई नगरमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज र बोदेबरसाइन नगरपालिकामा लगाइएको कर्फ्यु हटाउँदै निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार, अर्को आदेश नभएसम्मका लागि दुवै नगरपालिका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, धर्ना र प्रदर्शन गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम यो आदेश जारी गरिएको हो।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू:
राजविराज नगरपालिका: पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म।

बोदेबरसाइन नगरपालिका: पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैमा संयमित रहन आग्रह गरेको छ। प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै निर्णयमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट