Techie IT
२०८३ श्रावण १७, आइतबार

जनकपुरमा ग्यास अभावले उपभोक्तालाई सास्ती


काठमाडौँपछि अब मधेस प्रदेशको राजधानी जनकपुरमा पनि खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ। नगर क्षेत्रका अधिकांश डिलर र पसलमा पुग्ने ग्राहकहरू 'ग्यास छैन' भन्दै रित्तो हात फर्किन बाध्य छन्। डिलरहरूले ग्राहकको नाम टिपाएर 'आएपछि खबर गर्छौँ' भन्दै टार्ने गरेका छन्।

सुनसरी घटनाको विरोधमा चर्किएको आन्दोलन साम्प्रदायिकतर्फ उन्मुख भएपछि स्थानीय प्रशासनले गत बिहीबारदेखि कर्फ्यु आदेश जारी गरेको थियो। यसले जनजीवन ठप्प पारे पनि हिजो बिहान १० बजेदेखि निषेधाज्ञा जारी गर्दै प्रशासनले बजार खुलाएको छ। तर, बजार खुले पनि ग्यास बिक्रेताहरूले भने अझै अभाव देखाउन छाडेका छैनन्।

ग्यास नपाउँदा विशेषगरी डेरा गरी बस्ने विद्यार्थी, स्वास्थ्यकर्मी र ज्यालादारी मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्। जनकपुर–८ की चिया पसल सञ्चालिका सुनिता कोइरीले प्रशासनको मौनताप्रति प्रश्न उठाइन्। “बजार अनुगमन खै? कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कारबाही किन गरिँदैन?” उनको प्रश्न छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट