Techie IT
२०८३ जेष्ठ १०, आइतबार

स्मृति इरानी बनिन्, सबैभन्दा बढी कमाउने टेलिभिजनकी कलाकार


स्मृति इरानी ‘क्युंकी सास भी कभी बहू थी २’ मार्फत टेलिभिजनमा पुनः फर्किएकी छिन्। शो प्रसारणसँगै सानो पर्दामा फेरि हलचल मच्चिएको छ र उनी पुनः दर्शकको मनपर्ने तुलसी विरानीको भूमिकामा देखिएकी छन्।

गत लोकसभा निर्वाचनमा पराजित भएपछि पुरानो पेशा अभिनयमा फर्किएकी स्मृति इरानीको कीर्तिमानी पारिश्रमिक अहिले चर्चामा छ। भारतीय मिडियाका अनुसार, उनले ‘क्युंकी सास भी कभी बहू थी २’ का प्रत्येक एपिसोडका लागि करिब १४ लाख भारु लिन्छन्। यसरी उनी भारतीय टेलिभिजन इतिहासकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन्।

यो शोको १५० एपिसोड प्रशारण हुने भएकाले स्मृतिले करिब २१ करोड भारुसम्म कमाउने अनुमान गरिएको छ। यो पारिश्रमिकले उनले बलिउडकी शीर्ष अभिनेत्री दीपिका पादुकोणलाई समेत पछि पारेकी छिन्। दीपिकाले शाहरुख खान अभिनीत ‘पठान’ फिल्मका लागि १५ करोड भारु लिएकी थिइन्।

स्मृतिले टेलिभिजनका अन्य चर्चित कलाकारलाई पनि पारिश्रमिकमा पछि पारेकी छन्। ‘अनुपमा’ की मुख्य अभिनेत्री रुपाली गांगुलीले प्रत्येक एपिसोडमा करिब ३ लाख भारु, हिना खानले २ लाख भारु र ‘तारक मेहता का उल्टा चश्मा’ का ‘जेठालाल’ दिलीप जोशीले १.५ लाख भारु लिने गर्छन्।

न्युज १८ सँगको एक अन्तर्वार्तामा स्मृति इरानीले पनि आफू टेलिभिजनको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री भएको कुरा स्वीकार गरिन्। सन् २००० मा तुलसीको भूमिकामा संघर्षरत अभिनेत्रीबाट आजको सफलताको यात्राबारे उनी भन्छिन्—

“हो, म आफ्नो अनुहारमा खुशी देख्छु। यदि तपाईंले संख्या र राजस्वको हिसाबले इतिहास रच्न सक्नुहुन्छ भने किन नहोस्? हामीलाई हेर्ने सबैलाई थाहा छैन, हामीले कर्मचारीको रूपमा हाम्रो सम्झौता वार्ता गर्नुपर्छ। म युनियनको सदस्य भएकाले पहिलो काम युनियन नम्बर दर्ता गर्नु हो। यो केवल तलब समानताको कुरा मात्र होइन, केटाहरूलाई पछि पार्दै मैले जे कमाएकी छु, त्यो धेरै मेहनतको नतिजा हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट