Techie IT
२०८३ असोज २८, बुधबार

कर्मचारीलाई ‘कुली’ फिल्म हेर्न तलब विदासहित टिकट र ३० डलर दिने


सामाजिक सञ्जालमा सिंगापुरको एउटा फर्मको निर्णयसँग सम्बन्धित तस्बिर भाइरल भइरहेको छ।

उक्त फर्मले आफ्ना तमिल कर्मचारीलाई फिल्म ‘कुली’को पहिलो शो हेर्न तलबसहित विदा दिने घोषणा गरेको बताइएको छ। साथै, पहिलो शोका लागि टिकटको व्यवस्था गर्नुका साथै खाना र पेय पदार्थमा खर्च गर्न ३० सिंगापुर डलर दिने घोषणा पनि गरिएको छ।

यो खबरसँग सम्बन्धित तस्बिर सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा भाइरल भएको हो, जसमा प्रयोगकर्ताहरूले धेरै कमेन्ट र लाइक गरिरहेका छन्।

‘कुली’बाट दर्शकले धेरै अपेक्षा राखेका छन्। यो धेरै देशमा प्रदर्शन हुने तमिल फिल्म मानिएको छ। लोकेश कनकराजको निर्देशनमा बनेको यो एक्सन इन्टरटेनर फिल्म अगस्ट १४ मा हलहरूमा रिलिज हुँदैछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट