Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

Dhurandhar The Revenge

बक्स अफिसमा 'धुरन्धर २' ले रच्यो नयाँ इतिहास


आदित्य धरको निर्देशन र रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म 'धुरन्धर: द रिभेन्ज' (धुरन्धर २) ले विश्वव्यापी बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको छ। रिलिजको केही समयमै यस फिल्मले १६८० करोड भारु को 'वर्ल्डवाइड ग्रस कलेक्सन' गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।

भारतीय बजारमा मात्रै यस फिल्मले १०८० करोड भारु नेट कलेक्सन गरेर नयाँ इतिहास रचेको छ। रिलिजको पहिलो हप्तादेखि नै आक्रामक व्यापार सुरु गरेको फिल्मले सुरुवाती ८ दिनमा ६९० करोड भारु संकलन गरेको थियो। दर्शकको बढ्दो आकर्षणका कारण दोस्रो हप्ता २७१ करोड र तेस्रो हप्ता १२० करोड भारु कमाउन सफल भयो।

सार्वजनिक बिदाका दिन मात्र नभई 'वर्किङ डेज' (सोमबारदेखि बिहीबार) मा पनि फिल्मको प्रदर्शन स्थिर छ। हाल फिल्मले कार्यदिनहरूमा औसत १० करोड भारुको दैनिक कलेक्सन गरिरहेको छ।

भारत बाहिर पनि फिल्मको क्रेज उत्तिकै देखिएको छ। ओभरसिज मार्केटबाट फिल्मले हालसम्म ४०४ करोड भारु ग्रस कलेक्सन गरिसकेको छ। यससँगै 'धुरन्धर २' भारतीय सिनेमाको इतिहासमै सबैभन्दा सफल ग्लोबल फिल्ममध्ये एक बनेको छ।

बक्स अफिस मोजोको रिपोर्ट अनुसार, यो फिल्म सन् २०२६ मा विश्वभर सबैभन्दा धेरै कमाउने 'टप-१०' फिल्मको सूचीमा समावेश हुन सफल भएको छ। यसले हलिउडका प्रतिक्षित फिल्महरू प्रोजेक्ट हेल मेरी, द सुपर मारियो ग्यालेक्सी मुभी र वुदरिङ हाइट्स जस्ता ठूला प्रोजेक्टसँगै एलीट सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ।

कमाइको मामिलामा 'धुरन्धर २' ले हलिउडका कयौँ चर्चित स्टारका फिल्मलाई पछि पारेको छ।

क्रिस हेम्सवर्थको क्राइम १०१ (७२ मिलियन डलर), रेचल म्याकएडम्सको सेन्ड हेल्प (९४ मिलियन डलर) र रिज अहमदको ह्यामलेट (७८ मिलियन डलर) को तुलनामा यो फिल्म निकै अगाडि देखिएको छ।

जेन्डाया र रोबर्ट प्याटिन्सनको फिल्म द ड्रामाले जम्मा २६ मिलियन डलर कमाउँदा 'धुरन्धर २' ले आफ्नो ओपनिङ विकेन्डमै ८० मिलियन डलर कुम्ल्याएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट