Techie IT
२०८३ श्रावण १६, शनिबार

मिस नेपाल वर्ल्ड २०२६ को ताज दीपमाला ढकाललाई


यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०२६' को ताज दीपमाला ढकालले पहिरिएकी छन्। शनिबार सम्पन्न भव्य ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै दीपमाला 'मिस नेपाल वर्ल्ड' घोषित भएकी हुन्।

प्रतियोगितामा आर्या निशान्तले 'मिस नेपाल इन्टरनेसनल' को उपाधि जित्न सफल भइन् भने काशिश सुब्बा 'मिस नेपाल अर्थ' (कज्मो) बन्न सफल भइन्।

नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित 'मिस नेपाल' को आयोजना 'द हिडन ट्रेजर' ले गरेको हो। लामो समयदेखि नेपाली महिलाहरूको प्रतिभा र सशक्तीकरणलाई मञ्च प्रदान गर्दै आएको यस प्रतियोगिताले यस वर्ष पनि नयाँ प्रतिभाहरूको खोजी गर्दै भव्यताका साथ सम्पन्न भएको छ।

नयाँ विजेताहरूलाई मिस नेपालको यो मञ्चले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट