Techie IT
२०८२ जेष्ठ १, बुधबार

भारत र पाकिस्तान किन युद्ध रोक्न सहमत भए ? चीनको स्वार्थ के थियो ?


भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । हिजो सबभन्दा सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए ।

सिङ्गापुरस्थित रक्षा विश्लेषक अलेक्जान्डर निलले रोयटर्सलाई बताए अनुसार, ‘गुप्तचरीको दृष्टिकोणबाट, यो चीनको सिमानामै सम्भावित मुख्य प्रतिस्पर्धी शक्ति नै संलग्न भई रहेको एक दुर्लभ अवसर थियो ।

भारत र चीन दुई प्रतिस्पर्धी क्षेत्रीय महाशक्ति, आणविक शक्ति तथा दीर्घकालीन रणनीतिक प्रतिद्वन्द्वी मानिन्छन् । उनीहरूबिचको तीन हजार आठ सय किलोमिटर लामो हिमालयन सीमा सन् १९५० को दशकदेखि विवादित रहँदै आएको छ । यही विवादले सन् १९६२ मा छोटो युद्धसमेत निम्त्याएको थियो……………………….

भारत र पाकिस्तान किन युद्ध रोक्न सहमत भए त?
मुख्य कुरा भारत र पाकिस्तान दुवै यो युद्ध सुरू गर्नै चाहन्थेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी सेना प्रमुख जनरल सइद असिम मुनिर दुवै आ–आफ्ना जनतासामु आफूलाई बलियो देखाउन चाहने भएकाले पनि पछिल्लो लडाइँ सुरू भएको मानिन्छ।
सन् २०१६ मा कश्मिरको उरीमा रहेको सैनिक क्याम्पमा आतंकवादी हमलामा १९ भारतीय सैनिकको ज्यान गएको थियो। त्यसपछि भारतले 'सर्जिकल स्ट्राइक' भन्दै पाकिस्तान नियन्त्रित कश्मिरमा रहेका आतंकवादी शिविरमा प्रहार गरेको थियो।

त्यस्तै सन् २०१९ मा पुलवामामा भएको आतंकवादी हमलामा ४० भारतीय अर्धसैनिकको ज्यान गएपछि भारतले बालाकोटमा हमला गरेको थियो। पाकिस्तान नियन्त्रित कश्मिरभन्दा बाहिर भए पनि बालाकोट खाइबर पख्तुनख्वा प्रान्तको दुर्गम क्षेत्रमा पर्छ।
यस पटक भने भारतले पाकिस्तानको मुटु मानिने पन्जाब प्रान्तमा समेत प्रहार गरेको थियो। पाकिस्तान नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको थियो ।

विस्तृत तलको भिडियोमा
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट