Techie IT
२०८२ असार ४, बुधबार

आजदेखि मेलम्चीको पानी काठमाडौं पठाइँदै

मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाइने भएको छ।


मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाइने भएको छ। यस विषयमा सोमबार मेलम्ची सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच वार्ता भएको थियो।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्चीमा पुगेर सङ्घर्ष समिति र स्थानीय सरोकारपक्षसँग छलफल गरेका थिए। उनले दशैँ अघि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

सोमबार भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गर्ने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं पठाउने निर्णय भएको हो।

छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूद्वारा देखाइएको सकारात्मक सहयोग र सहकार्यका लागि मन्त्री यादवले आभार व्यक्त गरे।

मन्त्री यादवले स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट