समाचार कक्षबाटै नियन्त्रणमा लिइएका पत्रकार सुवेदी रिहा
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएर केहीबेरमै रिहा गरेपछि उनले प्रहरीको सो कार्यलाई 'अपरिपक्व र खेदजनक' भन्दै कडा आपत्ति जनाएका छन्।
नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई न्युजरुमबाटै नियन्त्रणमा लिएको थियो। रिहाइपछि प्रतिक्रिया दिँदै पत्रकार सुवेदीले ब्यूरोका एसपीले चिया खान बोलाएको बहानामा लगिएको खुलासा गरेका हुन् ।
माथिको आदेशको हवाला दिँदै समाचार कक्षमै छिरेर पक्राउ गर्ने कार्यले प्रहरी सङ्गठनकै साख र क्षमता कमजोर बनाउने बताउँदै उनले स्पष्ट कानुनी प्रावधान र सरकारको निर्देशनविना प्रहरीले यस्तो अपरिपक्व कदम चाल्न नहुने उल्लेख गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस