Techie IT
२०८३ असोज ३, शनिबार

आज आश्विन शुक्ल पञ्चमी: स्कन्दमाताको पूजा आराधना गरिदैं

आज आश्विन शुक्ल पञ्चमीको अवसरमा दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येका पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ।


आज आश्विन शुक्ल पञ्चमीको अवसरमा दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येका पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। वैदिक श्रुती अनुसार, स्कन्दको माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिन्छ।

नवरात्रका नौ दिनमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा गरिन्छ। यस वर्ष नवरात्रको पहिलो दिन घटस्थापना गरिएको थियो, र प्रत्येक दिन विभिन्न देवीहरूको पूजा आराधना गरिँदैछ।

दसैँको अवसरमा भक्तजनहरू शक्तिपीठमा दर्शन र पूजा गर्न भिड लाग्ने गर्छन्, जसले मनोकाङ्क्षा पूरा गर्न र पारिवारिक सुख शान्ति प्राप्त गर्न सहयोग पुर्याउँछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट