Techie IT
२०८२ चैत्र ५, बिहीबार

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधिसभाका सांसद विनोद चौधरीले सरकारसँग उखुको समर्थन मूल्य छिटो निर्धारण गर्न आग्रह गरेका छन्।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधिसभाका सांसद विनोद चौधरीले सरकारसँग उखुको समर्थन मूल्य छिटो निर्धारण गर्न आग्रह गरेका छन्। उनले समयमै मूल्य नतोक्दा किसान निराश भएको बताउँदै अघिल्लो वर्षको मूल्यभन्दा वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।
नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट गरेर किसानका समस्याबारे कुरा गरेका हुन्।
 

उनले भने, "मलाई मेरा निर्वाचन क्षेत्रका किसानले अनुदान रकम प्राप्त नगरेको र केही चिनी मिलले भुक्तानी नदिएको जानकारी छ।"
सांसद चौधरीले बजारमा बढिरहेको महँगीलाइ ध्यानमा राख्दै उखुको समर्थन मूल्य र अनुदान रकम पनि वृद्धि गर्न माग गरेका छन्। उनले न्यूनतम मूल्य प्रति क्विन्टल ७३५ रुपैयाँ र ढुवानीको लागि नेपाल सरकारले दिने अनुदान रकम प्रति क्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन्।
 

साथै, उनले नवलपरासी जिल्लालाई केरा र उखुको पकेट क्षेत्रको रूपमा उल्लेख गर्दै, हालको मलको कोटा अपुग भएकोले कोटा वृद्धि गर्न पनि सरकारसँग अनुरोध गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट