Techie IT
२०८३ श्रावण १७, आइतबार

मैत्रीपूर्ण खो खोमा भारतले नेपाललाई हरायो

नेपाल र भारत बीचको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ।


नेपाल र भारत बीचको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ। पुरुषहरूको चार खेलको श्रृङ्खलामा भारतले ४–० को जित निकालेको छ।

नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगितामा महिलाहरूका लागि दुई खेल आयोजना गरिएको थियो, जसमा भारतले दुवै खेलमा विजय हासिल गर्यो।

विजेतालाई पुरस्कार वितरण गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टङ्कलाल घिसिङ, भारतीय खो खो महासङ्घका महासचिव एमएस त्यागी, आयोजक खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जन, र खो खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले एक कार्यक्रममा उपस्थित भएर पुरस्कार प्रदान गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट