Techie IT
२०८३ कार्तिक ६, बिहीबार

बाढी पीडितका लागि राहत: हानि नोक्सानी कोषले नेपाललाई दिने भयो करिब ३ अर्ब सहयोग


भोटेकोशी–त्रिशूली क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ। 

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत अगस्ट ३१ मा संयुक्त रूपमा पठाएको औपचारिक पत्र र निरन्तरको कूटनीतिक पहलपछि कोषको विशेष बैठकले उक्त सहायता रकम स्वीकृत गरेको हो। 

१५ हजार घरपरिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएको, करिब १ हजार ५०० जनाको ज्यान गएको र ५ हजारभन्दा बढी बेपत्ता भएको यस विनाशकारी विपद्पछिको पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि यो सहयोग रकमले महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट