Techie IT
२०८३ भाद्र २०, शनिबार

नागढुंगा मा एकतर्फी यातायात पुनः सुरु

काठमाडौंको प्रमुख प्रवेश र निकास बिन्दु नागढुंगामा एकतर्फी यातायात पुनः सुरु भएको छ


काठमाडौंको प्रमुख प्रवेश र निकास बिन्दु नागढुंगामा एकतर्फी यातायात पुनः सुरु भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ मा रहेको यो सडक आज बिहान पहिरोका कारण अवरुद्ध भएको थियो।थाङ्कोट प्रहरी रेञ्जका अनुसार, दिउँसो ५ बजेदेखि यो सडक एकतर्फी यातायातका लागि खोलिएको हो। 

लगातारको वर्षा र त्यसपछिको पहिरोका कारण बिहान १०:३० बजेदेखि अवरुद्ध भएको यो सडक खोल्न पूरा दिन लागेको थियो।थाङ्कोट प्रहरी रेञ्जका प्रमुख, प्रहरी उपरीक्षक सूर्य प्रकाश सुवेदीले वर्षा जारी रहे थप पहिरो जान सक्ने चेतावनी दिँदै यात्रुहरूलाई यथासक्य यो मार्ग नचलाउन लाउडस्पिकरबाट जानकारी दिइरहेको बताए।

नागढुंगा चोकबाट केही सय मिटर टाढा नागमन्दिर नजिकै यो पहिरो खसेको थियो। पहिरोले अवरुद्ध भएको सडकको दुवै तर्फ सयौं यात्रु अलपत्र परेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट