Techie IT
२०८२ कार्तिक २, आइतबार

साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा

नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।


नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज पत्रकार सम्मेलनमा जानकारी दिए कि प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा सञ्चालन हुनेछ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र बङ्गलादेश सहभागी छन्। पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपालमा आइसकेको छ, भने भारत र भुटानको टोली भोलि काठमाडौं पुग्नेछ।

सहभागी टोलीहरूलाई एन्फा कम्प्लेक्स, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान, र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।

प्रतियोगिताको टिकेटिङ अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई दिइएको छ। समूह चरणका खेलहरूको टिकट मूल्य साधारण प्याराफिटमा तीन सय र भीआइपीमा पाँच सय तोकिएको छ। नकआउट चरणका खेलहरूको टिकट साधारण प्याराफिटमा पाँच सय र भीआइपीमा एक हजार रहेको छ।

त्यसैगरी, १० वर्षसम्मका सबै बालबालिकालाई प्रतियोगिताका खेल हेर्न निःशुल्क प्रवेश दिइने जानकारी पनि एन्फाले दिएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट