Techie IT
२०८३ श्रावण १७, आइतबार

बोलिभियाविरुद्ध अर्जेन्टिनाको गोलको चट्याङ: मेसीको ह्याट्रिक!

दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध अर्जेन्टिनाले ६-० को शानदार जित हासिल गरेको छ।


दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध अर्जेन्टिनाले ६-० को शानदार जित हासिल गरेको छ। गएराति भएको खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरे।

खेलको १९औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। मेसीको ह्याट्रिकको अलावा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, र थियागो अल्माडाले पनि गोल थपे।

यो जितसँगै अर्जेन्टिना १० खेलमा २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ, जबकि बोलिभिया १२ अंकका साथ सातौ स्थानमा छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट