Techie IT
२०८२ पौष १, मंगलबार

प्रधानमन्त्रीको उद्धार कोषमा १ अर्ब ७४ करोड संकलन

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ।


प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, यो रकम असोज ३० गतेसम्मको हो।

कोषमा व्यक्तिगत र संस्थागत दान दुवै भएको छ। यसै दिन विद्या धार मल्लिकसहित १० संस्थाले रकम प्रदान गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख र राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्। अन्य योगदान गर्ने संस्थाहरूमा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी र विद्युत उत्पादन कम्पनीसमेत छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट