Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

बिपी कोइरालाको चियापान परम्परालाई प्रकाश कोइरालाद्वारा निरन्तरता


काठमाडौँ, २ कात्तिक : प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उहाँका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिनुभएको छ ।     
    
विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्कनु भएका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बिपी सङ्ग्रहालयमा लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटे देखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गर्नुभएको थियो । बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आउनुभएको थियो ।     
    
पूर्वमन्त्रीसमेत रहनुभएका नेता कोइरालाले कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गर्नुभएको चियापानको परम्परालाई निरतन्तरता दिने उहाँको प्रतिबद्धता थियो ।     
    
कार्यक्रममा बलिउड नायिका एवं बिपीकी नातिनी मनिषा कोइराला, बिपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी हुनुभएको थियो ।     
    
सो अवसरमा बिपी पुत्र कोइराला लगायतले सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिनुभएको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट