चिकित्सक बलात्कार र हत्याको विरोधकाे हडतालपछि अस्पतालका सेवा सुचारू
कोलकातास्थित आरजी कर मेडिकल कलेजमा ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि बलात्कार र हत्या भएको घटनाको विरोधमा चिकित्सकहरूले आन्दोलन गरेका थिए। यसै क्रममा, भारतीय चिकित्सकहरूको सबैभन्दा ठूलो सङ्गठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो । तर, बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि, ११ दिनपछि दिल्लीको एम्स अस्पतालका चिकित्सकहरूले आफ्नो हडताल तोडेका छन् ।
यो पनि पढ्नुहोस
७ दिन भित्र बलात्कारका दोषी समात ः मुख्यमन्त्री ममता बनर्जी
यो पनि पढ्नुहोस
भारतमा चर्किदैछ डाक्टरहरुको आन्दोलन
एम्सले राष्ट्रको हित र जनसेवाको भावनामा ११ दिने हडताल फिर्ता गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको निर्देशन अनुसार हडताल फिर्ता लिइएको हो। एम्सको आरडीएले सर्वोच्च अदालतलाई आरजी कार मेडिकल कलेजको घटनालाई सम्बोधन गरेकोमा र देशभरका स्वास्थ्यकर्मीहरूको सुरक्षाको बृहत् मुद्दालाई सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस