Techie IT
२०८२ चैत्र ८, आइतबार

सहकारी ठगीको विषयमा लामिछानेसँग संसदीय छानबिन विशेष समितिले आज बयान लिदैं

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा लामिछानेको नाम जोडिएको छ, जसमा उनले साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ। लामिछानेले भने यी आरोप अस्वीकार गर्दै आएका छन् ।


संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा लामिछानेको नाम जोडिएको छ, जसमा उनले साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ। लामिछानेले भने यी आरोप अस्वीकार गर्दै आएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानी गरेको आरोपमा रास्वपाका सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार बयान लिएको थियो । समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ । सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम प्रभावित भएपछि जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो ।

 नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको यो समितिले तीन महिनाको कार्यावधि पाएको छ । समितिमा एमालेकी सरिता भुसाल, नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल, राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्। कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनको ठाउँमा सांसद दिलेन्द्र बडूलाई सदस्य बनाइएको छ ।

संसदीय छानबिन विशेष समितिले आरोपमा प्रमाण पुगेका व्यक्तिहरूको नाम प्रतिवेदनमा किटान गर्ने तयारी गरिरहेको छ । समितिले मुख्यतः तीन विषयलाई प्राथमिकता दिएको छ :

  1. नीतिगत समस्या: नीतिमा के–कस्ता समस्याहरू छन्?
  2. नियतजन्य समस्या: नियतजन्य समस्या के हो र क–कसमा देखियो?
  3. परिस्थितिजन्य समस्या: परिस्थितिजन्य समस्या के रह्यो?


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट