नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि
काठमाडौं – बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा पुगेको छ। सूचकमा गिरावट देखिए पनि कारोबार रकममा वृद्धि भएको छ। आज ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ । हिजो ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो, जसको तुलनामा आजको कारोबार रकम उल्लेखनीय रूपमा बढेको देखिन्छ ।
फाइनान्स र ट्रेडिङ समूहको मजबूती
बुधबार फाइनान्स र ट्रेडिङ उपसमूहहरू बाहेक अन्य सबै उपसमूहमा गिरावट देखिएको छ। आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लागेको छ, यसले यी कम्पनीहरूलाई उच्च लाभ दिलाएको छ। आईसीएफसी फाइनान्स कारोबार रकमका आधारमा अग्रस्थानमा छ, जसको ३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। दोस्रो स्थानमा कुमारी बैंक र तेस्रो स्थानमा साहस ऊर्जा छन्।
बैंकहरूको नाफा बढे पनि बजारमा प्रभाव न्यून
वाणिज्य बैंकहरूले बुधबार नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरे तापनि त्यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्न सकेन। बैंकहरूको वित्तीय विवरणले राष्ट्र बैंकको सहुलियतका कारण नाफा बढेको देखाएपछि लगानीकर्ताहरूमा असन्तोष उत्पन्न भएको देखिन्छ। बैंकिङ उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।
ठूला कारोबार
बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आईसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ, भने समृद्धि फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयर क्रमशः ९.९३ प्रतिशत र ६.६७ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ भने हिमालयन बैंक, सिटिजन्स बैंक, र ग्रिन भेन्चर्सको शेयर मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ।
नेप्से सूचक बुधबार दोहोरो अंकले घटे पनि कारोबार रकममा सुधार देखिएको छ। बैंकिङ क्षेत्रमा सकारात्मक वित्तीय विवरण आए पनि बजारमा लगानी कर्ताहरूको विश्वास पुनःस्थापित हुन सकेको छैन भन्ने बुझिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस