दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोमा राष्ट्रपतिसँग विपक्षी दलहरूको ध्यानाकर्षण
विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी सरकारको दल विभाजन सम्बन्धी अध्यादेशबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसहितका नेताहरूले शीतल निवासमा पुगेर सरकारले ल्याउन लागेको अध्यादेश प्रति आपत्ति जनाउँदै यसले राष्ट्रिय संकट समाधानमा बाधा पुर्याउने कुरा राखेका छन् ।
विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको पनि जानकारी गराएका थिए। उनीहरूले विपद् व्यवस्थापनमा सरकारको असफलता र सत्ता पक्षको राष्ट्रिय समस्या समाधानमा ध्यान नदिई दल विभाजनमा लागेको विषयमा राष्ट्रपति समक्ष आफ्नो असन्तुष्टि प्रकट गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्ने बताउँदै लोकतन्त्र सुदृढीकरणमा सधैं आफ्नो समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस