Techie IT
२०८३ भाद्र १९, शुक्रबार

साफ यू–२० च्याम्पियनसिप: नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने


साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह 'बी' को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने निश्चित भएको हो ।

नेपाल समूह 'ए' को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले श्रीलंकालाई १–० र बङ्गलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक बटुलेको थियो। समूह 'ए' को उपविजेताको रूपमा बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ। बङ्गलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो । समूह 'बी' मा भारत दुवै खेल जितेर विजेता बन्यो भने भुटान एक खेल जितेर उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलमा नेपालले भुटानसँग खेल्नेछ भने समूह 'बी' को विजेता भारतले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। गत संस्करणमा भारतले बङ्गलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो । यो प्रतियोगिता दक्षिण एसियाली मुलुकहरूबीच हुने महत्त्वपूर्ण युवा फुटबल प्रतियोगिता हो । सेमिफाइनल खेलहरूको मिति र समय भने अझै तय भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट