Techie IT
२०८३ कार्तिक ९, आइतबार

वेस्ट इन्डिजका अलराउन्डर एलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर फेबियन एलेनलाई टोलीमा अनुबन्ध गरेको छ। ३१ वर्षीय एलेन बायाँहाते आक्रामक ब्याटर तथा बायाँहाते अर्थोडक्स स्पिनर हुन्।

विश्वभरका विभिन्न चर्चित टी-२० फ्रेन्चाइज लिगहरूको अनुभव सङ्गालेका एलेन तल्लो क्रममा विस्फोटक ब्याटिङ र किफायती स्पिन बलिङका लागि चिनिन्छन्। उनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। टी-२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट दर्ता छ भने एकदिवसीयमा २०० रन र ७ विकेट रहेको छ।

समग्र टी-२० करियरमा एलेनले १७८ खेल खेल्दै १३९.८९ को उत्कृष्ट स्ट्राइक रेटमा १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिइसकेका छन्। यस प्रारूपमा उनले १०६ छक्का प्रहार गरिसकेका छन्।

सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पर्दापण गरेका एलेनले सन् २०१८ मा भारत भ्रमणका क्रममा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन् २०२२ मा व्यक्तिगत कारणले केही समय क्रिकेटबाट ओझेल परेका उनी सोही वर्षको अगस्टमा पुनः मैदान फर्किएका हुन्। त्यसयता उनले क्यारेबियन प्रिमियर लिग (CPL), IPL, PSL, ILT20 लगायत भारत, पाकिस्तान, यूएई, दक्षिण अफ्रिका, क्यानडा, श्रीलंका र बंगलादेशका शीर्ष टी-२० लिगहरूमा आफ्नो प्रभाव जमाइसकेका छन्।

एलेनको आगमनबारे बोल्दै सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने, “फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुन्। उनको अलराउन्ड क्षमताले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप मजबुत बनाउनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट