Techie IT
२०८३ कार्तिक १०, सोमबार

असोजमा ६ अर्बको विद्युत् निर्यात, अब के होला ?


बाढीका कारण जलविद्युत् गृहहरूमा क्षति पुगेर उत्पादन प्रभावित भए तापनि चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालले भारततर्फ रु ५ अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज महिनामा कुल ६३ करोड ३९ लाख युनिट विद्युत् भारत पठाइएको हो, जुन गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो। यससँगै चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ आम्दानी भइसकेको छ। 

असोजमा निर्यात गरिएको कुल विद्युत्‌मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा र बाँकी भारतीय ऊर्जा विनिमय बजार (IX) मार्फत बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीका कारण भदौदेखि अवरुद्ध बनेको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ। साविकका त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि भारतको स्वीकृतिमा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रको विद्युत् बङ्गलादेशतर्फ पठाउन थालिएको हो। 

साथै, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाटको नयाँ अनुमति प्राप्त भएसँगै भारततर्फ विद्युत् निर्यातका लागि नेपालले पाएको कुल स्वीकृत क्षमता १,१७९ मेगावाट पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट