Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

कर्जा असुली न्यायाधीकरण गठन गरिने


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायाधीकरण गठन हुने बताउनुभएको छ ।

मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । सहकारी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदा प्रतिवेदन तयार भएको मन्त्री अधिकारीले बताउनुभयो । तीनै तहका सहकारीको नियमनका लागि नियामक निकाय स्थापनासम्बन्धी कानुनको मस्यौदा तयार गरी सरोकारवालाको राय सुझाव लिने काम अघि बढेको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष नियमावलीको मस्यौदा तयार गरिएको उहाँले बताउनुभयो ।

भूमिसम्बन्धी नियमावली, २०२१ लाई समयसापेक्ष बनाउन लागिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । मालपोत तथा नापी कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी जानकारी सेवाग्राहीलाई दिन सेवा प्रवाहको कार्य प्रक्रिया सम्बन्धी ‘वर्क फ्लो चार्ट’ तयार गरिएको उहाँले बताउनुभयो । यस अवधिमा मन्त्रालयबाट तोकिएका २५ लक्ष्य र नतोकिएका २७ समेत गरी ५२ लक्ष्य हासिल भएको उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जनताको आय आर्जनको स्रोत पनि भूमि भएकाले यसमा संवेदशील भएर काम गर्नुपर्ने बताउनुभयो । सहकारीका समस्या समाधान गर्न सुदृढ संस्थागत प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट