Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट : गृहमन्त्री लेखक


गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रणको दिशामा सरकार दृढ रहेको बताएका छन्। 

सिंहदरबारस्थित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भ्रष्टाचारको शून्य सहनशीलता नीति अपनाउने सरकारको उद्देश्य रहेको बताए। यसका लागि भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुन र विधेयक समिति समक्ष प्रस्तुत गरिएको छ।

लेखकले सम्बन्धित विधेयकलाई चाँडो टुङ्ग्याउन समितिलाई आग्रह गर्दै “आगामी अधिवेशनमा यसलाई पूर्णता दिने सरकारको प्राथमिकता रहेको” उल्लेख गरे। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनलाई परिमार्जन गर्दै समसामयिक बनाउने विधेयकहरु पनि समितिमा विचाराधीन रहेको जानकारी दिए।

गृहमन्त्री लेखकले मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार दृढ रहेको र भ्रष्टाचारलाई निर्मूल पार्नको लागि सबै आवश्यक कानुनी कदम उठाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट