Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

रास्वपाको प्रदर्शन: सांसदसहित १७ नेता-कार्यकर्ता समातिए

सहकारी ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउगरेको विरोधमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रकार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ।


सहकारी ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउगरेको विरोधमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रकार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ।

मध्यान्ह १२ बजेका लागितय गरिएको प्रदर्शनमा भाग लिन बालुवाटारपुगेका रास्वपाका एक जना सांसदसहित१७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमाप्रवेश गरेको आरोपमा ती नेता-कार्यकर्तालाईप्रदर्शनअघि नै समातिएको जानकारीप्राप्त भएको छ।

प्रहरीका अनुसार, बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टको अगाडिबाटसांसद अशोककुमार चौधरीसहितका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो। शान्तिपूर्ण छलफलगर्दै गर्दा उनीहरूलाई समातिएको रास्वपाले जनाएको छ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठितअपराधका मुद्दामा कात्तिक २ गते पक्राउगरिएको हो र उनीअहिले कास्की प्रहरीले हिरासतमा राखेका छन्। रास्वपाले उनलाईरिहा गर्न माग गर्दैपोखरा र काठमाडौंमा प्रदर्शनगरिरहेको छ।

रास्वपाको आन्दोलनको नेतृत्व उपसभापति डीपी अर्याल रडा. स्वर्णिम वाग्लेले गर्दैछन्। लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छर काठमाडौंमा ल्याउने तयारी भइरहेको छ। उनलाई जीबीराईसँग मिलेर पाँचभन्दा बढी सहकारीबाट करोडौंरकम अवैध रूपमा टेलिभिजनमाल्याएको आरोपमा अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा इन्जिनियर वीरेन्द्र श्रेष्ठ (ताप्लेजुङ), सांसद अशोक चौधरी, प्रदीपबिष्ट (काठमाडौं), सुरेश पोख्रेल (झापा), ध्रुब ढकाल (सिन्धुपाल्चोक), नवराज भण्डारी (काठमाडौं), प्रकाश लामिछाने (गोर्खा), रक्षा रायमाझी (काठमाडौं), साहिल प्रयास (नुवाकोट), सवि खड्का (ललितपुर), बुद्धरत्न महर्जन (ललितपुर), दयाराम नेपाल (सिन्धुपाल्चोक), सुरेन्द्रराज अवाले (ललितपुर), शैलेन्द्र खत्री (भक्तपुर), उमेश लामा (सिन्धुपाल्चोक), खुसीराम कैनी (तनहुँ), र नवराज मुडभरी (गोरखा) रहेका छन्।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट