Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

विकास र वातावरण संरक्षणका काम अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्रीपृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणलाईसमन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकताबताएका छन्।


सञ्चार तथा सूचना प्रविधिमन्त्रीपृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणलाईसमन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकताबताएका छन्। उनले आजनेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँगकोभेटमा विकास निर्माणमा वातावरण संरक्षण र जनताको हितलाईपनि ध्यानमा राख्नुपर्ने बताए।

मन्त्री गुरुङले भने, “यदि विकासका लागिकेही रूख काट्नुपरेमा, त्यसकोधेरै गुणा वृक्षरोपण गरेरविकासका बाधाहरू हटाउन आवश्यक छ। यसको लागिकानुनी व्यवस्था र कार्यान्वयनमा सुधारगर्न जरुरी छ।” उनले विकासमाअवरोध गर्न कानूनी प्रावधानकोदुरुपयोग गर्न र जथाभावीरूख कटान गर्न पनिउचित नभएको धारणा व्यक्त गरे।

मन्त्री गुरुङले नीतिगत रूपमा स्पष्टता र कानुनी प्रावधानमासुधार आएको उल्लेख गर्दैजलवायु परिवर्तनको विषयमा सचेतना बढे पनि कार्यान्वयनमाकमी आएको बताउनु भयो।उनले थपे, “नेपालको कार्बन उत्सर्जन अत्यन्त कम भए पनिजलवायु परिवर्तनका प्रभावबाट हामी बढी प्रभावितभएको छ। यस विषयमाप्रधानमन्त्री केपी शर्मा ओलीलेसंयुक्त राष्ट्रसंघको उच्चस्तरीय मञ्चमा स्पष्ट कुरा राखिसक्नुभएको छ।”

उनले जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा उठाएर क्षतिपूर्तिका लागि विश्व समुदायलाईआह्वान गर्नुपर्नेमा जोड दिए। सोअवसरमा नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कार्यसम्पादनका बारेमा जानकारी दिँदै नेफेजको कार्यालय भवनको निर्माणकार्यमा थप सहयोगको मागगरे।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट