दाहालले गरे कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको शुभारम्भ
पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापित कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीको कार्यक्रमको शुभारम्भ गरेका छन् ।
कार्यक्रमको आरम्भमा, अध्यक्ष दाहालले कर्माचार्यको योगदानलाई स्मरण गर्दै उनको विचार र सिद्धान्तलाई आगामी पिँढीले निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। दाहालले भने, "कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, र उहाँको योगदानलाई बिर्सनु हुँदैन।"
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी गराउँदै भने, "कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेको छ र यस अवसरमा वर्षभरि कार्यक्रम आयोजना गरिनेछ।" उनले आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठीको आयोजना गरिएको जानकारी दिएका थिए ।
गोष्ठीमा माओवादी केन्द्रका अध्यक्ष दाहालसहित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली र अनिल शर्मा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
नरबहादुर कर्माचार्यको जन्म विसं १९८१ कात्तिक १४ गते ललितपुरको झपाटोलमा भएको थियो। उनका पिता चन्द्रबहादुर र माता श्रीकुमारी हुनुहुन्थ्यो। कर्माचार्यको निधन २०७० साल साउन ९ गते काठमाडौँमा भएको थियो। उहाँ भारतको कोलकातामा २००६ सालमा स्थापित नेकपाको सदस्य हुनुहुन्थ्यो।
कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भइ राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय रूपमा भाग लिएका थिए। पार्टी स्थापनाप श्चात् कर्माचार्य मजदुर सङ्गठनका संस्थापक अध्यक्ष बनेका थिए।
२०१६ सालको निर्वाचनमा ललितपुर नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित भएका कर्मचार्य २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस