नौकोठे विद्यालय भवन पहिरोले क्षतिग्रस्त
विद्यालयमा २२९ विद्यार्थी छन्, जसमा कक्षा ६, ७, र ८ का विद्यार्थी नयाँ भवनमा अध्ययन गर्दै आएका थिए। पहिरोका कारण विद्यालय र विद्यार्थीहरू असुरक्षित भएका छन्।

AI Generated Image
गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङको च्यानडाँडा मा वि पहिरोले क्षतविच्छेद भएको छ। युडब्लुएस नेपालले निर्माण गरेको नौकोठे विद्यालय भवन पहिरोले क्षतिग्रस्त भएको हो । पहिरोले गर्दा जमिन चर्किएको छ भने भवन पनि बग्ने जोखिम रहेको छ।
विद्यालयमा २२९ विद्यार्थी छन्, जसमा कक्षा ६, ७, र ८ का विद्यार्थी नयाँ भवनमा अध्ययन गर्दै आएका थिए। पहिरोका कारण विद्यालय र विद्यार्थीहरू असुरक्षित भएका छन्।
युडब्लुएस नेपालले स्थलगत अनुगमनपछि मर्मत वा नयाँ भवन निर्माण गर्ने निर्णय गर्नेछ। विद्यालयका शिक्षक र विद्यार्थीहरू पहिरोका कारण जोखिमपूर्ण अवस्थामा छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीहरू त्रासमा बाँच्नुपर्ने अवस्था रहेको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस