आज नेपाल आउदै ओमानका विदेशमन्त्री
ओमानका विदेशमन्त्री सयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी सोमबार नेपाल आइपुग्दै छन्। उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन् ।
भ्रमणका क्रममा, नेपाल र ओमानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र अन्य विविध विषयमा छलफल हुनेछ। साथै, ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यक्रम छ ।
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपाल–ओमान सम्बन्धलाई थप सुदृढ बनाउनु हो। यस भ्रमणका क्रममा दुई देशका विदेशमन्त्रीहरूबीच द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, र सिधा हवाई सम्पर्कलगायतका विविध विषयमा छलफल हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस