Techie IT
२०८३ जेष्ठ ११, सोमबार

माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन


नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन् ।     
    
नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए ।     
    
“राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,” गुरुङ्गले भने, “भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।”     
    
कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उनले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गरेका थिए ।     
    
राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताउदैँ सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पारे । महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट