Techie IT
२०८३ जेष्ठ ११, सोमबार

ट्रम्पको विजयपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट


नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। हिजोको दिन प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला चार हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो।

विश्लेषकहरूको भनाइमा, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि सुनको मूल्य घटेको हो। ट्रम्पको जीतले अमेरिकी मुद्रास्फीति बढ्न सक्ने र यसले बण्ड तथा डलरको मूल्यमा वृद्धि हुन सक्ने अनुमान गरिएको छ। यसका कारण लगानीकर्ताहरूलाई सुनको तुलनामा अन्य परिसम्पत्तिमा लगानी बढाउन प्रेरित गरेको हो। ट्रम्पको विजयपछि सुनको फ्युचर मूल्य पनि तीन प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार नौ सय साठी रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो। हिजो प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

What impact will Trump have on the global economy? Image
यो पनि पढ्नुहोस
What impact will Trump have on the global economy?


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट