Techie IT
२०८३ जेष्ठ ११, सोमबार

यी हुन् उदयपुरमा उपनिर्वाचनमा लड्ने माओवादीका उम्मेदवारहरु


आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।     
    
माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगरपार्टीका प्रवक्ता गजेन्द्र राईले बताएका छन् ।     
    
यस अघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उम्मेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले जानकारी दिए ।     
    
यस्तै बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उम्मेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।     
    
यी दुवै वडाको लागि मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएर स्वीकृतिको लागि माथिल्लो समितिका पठाउन लागिएको पनि सम्बन्धित नगर समिति माओवादी केन्द्रका पार्टी अध्यक्षहरूले बताएका छन् ।     
    
यता नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि हालको कार्यवाहक अध्यक्ष अनिता थापा वा युवा नेता सञ्जीव काफ्लेमध्ये एकलाई उम्मेदवार घोषण गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।     
    
बेलका नगरपालिकाको लागि पनि उम्मेदवार छनोट गर्ने तयारी गरिएको कांग्रेस उदयपुरले जनाएको छ । यता नेकपा (एमाले)ले पनि चाँडै उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट