फैरि घट्यो सुनचाँदीको मूल्य, आज तोलाको यति पुग्यो
नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज पुनः २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ पुगेको छ।
यसअघि सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घट्दै १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस