Techie IT
२०८३ भाद्र १३, शनिबार

एनपीएल टिम लुम्बिनी लायन्सको जर्सीको रङ्गको अर्थ यस्तो छ


नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले आफ्नो जर्सी लुम्बिनीको ऐतिहासिक मायादेवी मन्दिरबाट सार्वजनिक गरेको छ। जर्सी सार्वजनिक गर्ने कार्यक्रमको उद्घाटन लुम्बिनीका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाल, र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रूपमा गरेका थिए ।

यस अवसरमा टिमका प्रमुख खेलाडी रोहितकुमार पौडेल र अन्य खेलाडीहरूको उपस्थिति थियो। जर्सीमा रहेका भिन्न-भिन्न आकार र रङ्गहरूको अर्थ खुलाइँदा टोलीको शक्ति, एकता, शान्ति, र चमकलाई दर्शाउने डिजाइन देखाइएको छ। सिंहको गर्जनको निलो तरंङ्गले टोलीको भावना र लुम्बिनीको शक्ति झल्काउँछ भने, सुनौलो रङ्गले चमक र एकता प्रकट गर्छ।

त्यसैगरी, निलो रङ्गले नेपालको शान्ति र समृद्धि र पहेँलोले लुम्बिनीको ज्योति झल्काउँछ। बहुभुज आकारले टोलीको ऊर्जा, गति, र क्षमता प्रस्तुत गर्दछ।

जर्सी सार्वजनिक गरेपछि टिमले एक र्‍याली कार्यक्रमको समेत आयोजना गर्‍यो। एनपीएलको आठ टिमको प्रतिस्पर्धा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट