राष्ट्र र जनताले ढुङ्गानाको योगदान सदैव सम्झिरहनेछन् : अध्यक्ष दाहाल
स्व.दमननाथ ढुङ्गाना
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा पुर्याएको योगदानलाई नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताएका छन् ।
अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका पूर्वसभामुख ढुङ्गानाको निधनले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, अध्यक्ष दाहालले ढुङ्गानाको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ।
८३ वर्षको उमेरमा रहेका पूर्वसभामुख ढुङ्गानाको आज दिउँसो राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस