Techie IT
२०८३ श्रावण १२, मंगलबार

आजको हरियाली भोली शेयर मार्केट बढ्ने संकेत हो ?


नेपालको शेयर बजारमा आज सामान्य वृद्धि देखिएको छ। नेप्से सूचकांक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको छ। यद्यपि, बजारमा उतारचढाव कायमै रहेको देखिन्छ। दिनभर बजार अनिश्चित गतिमा रह्यो, केही समय उल्लेख्य वृद्धि देखिए पनि अन्य समयमा गिरावट आयो । अन्तत: बजार सामान्य वृद्धिसहित बन्द भयो।


कारोबार रकम १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रहेको छ, जुन उल्लेखनीय मानिन्छ। एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने ४ वटा समूहका सूचकहरू सकारात्मक देखिएका छन्। यस दिन ३२६ कम्पनीको ३ करोड ५० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। लगानीकर्ताहरू अहिले 'पर्ख र हेर' को रणनीतिमा रहेको देखिन्छ। विशेषगरी, पछिल्लो समयमा बजार बढेको मौकामा शेयर बिक्री गरेका लगानीकर्ताहरू अब उपयुक्त समयको प्रतीक्षामा छन्। यसले गर्दा हाल क्रेता पक्ष केही कमजोर देखिएको छ। तर, विश्लेषकहरूको अनुमान छ कि उपयुक्त समय आएपछि यी लगानीकर्ताहरूले पुनः खरिद गर्न थाल्नेछन्, जसले बजारलाई नयाँ गति दिन सक्छ।


सरकार र नियामक निकायहरूको सकारात्मक दृष्टिकोणले पनि बजारलाई टेवा पुग्ने अपेक्षा गरिएको छ। केन्द्रीय बैंकले क्रमशः खुकुलो नीति अपनाउँदै गएको छ, जसले गर्दा बैंकहरूले लगानी बढाउन सक्ने अवस्था सिर्जना भएको छ। यस्तै, संस्थागत लगानीकर्ता लाई कर्जाको सीमा हटाइएको छ।
अन्तमा, लगानीकर्ताहरूलाई सधैं आफ्नो रणनीति तयार राख्न सुझाव दिइएको छ। बजारको उतारचढाव लाई मध्यनजर गर्दै, कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय गर्न सक्नु महत्त्वपूर्ण हुने देखिन्छ।

#GreenSharemarket #NEPSE #ProfitFromShare



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट