पोखरालाई हराउँदै सुदूरपश्चिमले खोल्यो जितको खाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शानदार पुनरागमन गर्दै पहिलो जित निकालेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमै ४ विकेट गुमाएर सहजै पूरा गर्यो। यो जितसँगै उसले अंक तालिकामा पहिलो २ अंक जोड्न सफल भएको छ।
गत दुवै संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले यस पटकको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको सर्मनाक हार व्यहोरेको थियो। आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले आफूलाई कडा दाबेदारको रूपमा उभ्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस