Techie IT
२०८३ जेष्ठ ११, सोमबार

स्थानीय तह उपनिर्वाचनमा माओवादीले बहुमत सिट जित्ने दाबी : अध्यक्ष अधिकारी


नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी "विवेक" ले स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले बहुमत पदमा जित हासिल गर्ने दाबी गरेका छन्।

आज वानेश्वरमा बसेको माओवादी केन्द्रको सुदूरपश्चिम सम्पर्क समन्वय समितिको बैठकमा बोल्दै उनले माओवादीप्रति जनताको विश्वास बढिरहेको र पार्टीको सफलताको यात्रा उकालो लागेको  बताए। अधिकारीले भने, "माओवादीको ओरालो लाग्ने क्रम अब भंग भएको छ। जनताको विश्वास पुनः जागेकाले माओवादीले यो उपनिर्वाचनमा सफलता प्राप्त गर्ने छ।"

किर्तिपुरलाई केन्द्रबिन्दु
नेता अधिकारीले विशेषगरी किर्तिपुर नगरपालिकाको उपनिर्वाचनलाई पार्टी केन्द्रले अत्यन्तै महत्त्वका साथ हेरिरहेको बताए। उनले जनताको विश्वास माओवादीप्रति बढ्दै गइरहेको र किर्तिपुरमा पार्टीले जित हासिल गर्नुलाई पार्टी जीवनकै महत्वपूर्ण कडि हुने उल्लेख गरेका थिए । अधिकारीले भने, "माओवादीको पुरानो किल्ला किर्तिपुर यसपालिको उपनिर्वाचनमा पुनः माओवादीमय हुनेछ।"

सुदूरपश्चिमेली समुदायलाई एकजुट गर्न आह्वान
अधिकारीले सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उपत्यकामा बसोबास गर्ने समुदायलाई माओवादी केन्द्रमा आबद्ध गर्न यो उपयुक्त समय रहेको बताए। उनले माओवादीप्रति जनताको भरोसा बलियो बन्दै गएकाले आगामी दिनमा पार्टीको प्रभाव अझै बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त बैठकमा सुदूरपश्चिम सम्पर्क समन्वय समितिले स्थानीय तह उपनिर्वाचनलाई लक्षित गर्दै विभिन्न रणनीतिहरू तय गरेको छ। बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सम्पर्क समन्वय समितिका ईञ्चार्ज पदम जोशीले प्रचण्ड नेतृत्वको सरकारले शुसासन र नपक्षीय काम गरेकाले युवाहरूको आकर्षण माओवादी केन्द्र बनिरहेको बताएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट