"अवैध लागूऔषधसहित पाँच जना पक्राउ"

सुर्खेत, कैलाली र सिन्धुलीमा अवैध लागूऔषधसहित पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर-१२ भावर टोलमा २४ वर्षीय सुरेश दमाईसहित दुई जनालाई ६४० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित पक्राउ गरिएको छ।
कैलालीको टीकापुर-९ खक्रोलास्थित सडकबाट २० वर्षीय दिपक विश्वकर्मा लगायत दुई जनालाई ७८० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थसहित नियन्त्रणमा लिइएको छ।
सिन्धुलीको दुधौली-१ गिजीयानीमा ६० वर्षीया दिपा बस्नेतलाई करिब ३ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस