Techie IT
२०८२ मंसिर १, सोमबार

भारतमा चक्रवाती आँधीको असर: विद्यालय बन्द, सयौं सुरक्षित स्थानमा सारिए


भारतको दक्षिणी क्षेत्र तमिलनाडुमा आएको शक्तिशाली चक्रवात "फेङ्गल"का कारण विद्यालय तथा कलेज बन्द गरिनुका साथै सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतको मौसम विभागले चक्रवात फेङ्गल ७०–८० किलोमिटर प्रति घण्टाको तीव्रतासहित तमिलनाडुमा प्रवेश गर्ने भविष्यवाणी गरेको छ। यसले तटीय क्षेत्रमा बाढीको जोखिम बढाउने भन्दै माछा मार्नेहरूलाई समुद्रबाट टाढा रहन चेतावनी दिइएको छ।

तमिलनाडुका धेरै जिल्लामा विद्यालय तथा कलेज बन्द गरिनुका साथै ४७१ जनालाई राहत शिविरमा सारिएको छ, इकोनोमिक टाइम्सले जनाएको छ।

चक्रवातको प्रभावले श्रीलङ्कामा यसै हप्ता कम्तीमा १२ जनाको ज्यान लिइसकेको छ, जसमा ६ बालबालिका छन्।

विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा आँधीबेहरी थप शक्तिशाली हुँदै गइरहेको बताएका छन्। जीवाश्म इन्धनको प्रयोगबाट उत्पन्न कार्बन उत्सर्जनले यस्तो आपतकालीन अवस्थाको सम्भावना वृद्धि गरेको उनीहरूको चेतावनी छ।

तमिलनाडुमा आँधीको सम्भावित थप असरलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले आपतकालीन तयारीलाई तीव्र बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट