Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सेयर बजारमा हरियाली: नेप्से १९.९७ अंकले उकालो


साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक १९.९७ अंकले वृद्धि भई २७५८.०४ विन्दुमा पुगेर बन्द भएको छ।

कारोबारमा उत्साहजनक वृद्धि:
सोमबार ३१४ कम्पनीका २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा १ अर्ब ७१ करोडले बढी हो।

वृद्धि हुने कम्पनीहरू:
तारागाउँ रिजेन्सी, विशाल बजार, र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

घट्ने कम्पनीहरू:
नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.७२ प्रतिशतले घटेर प्रति कित्ता १,२४४ रुपैयाँमा झरेको छ। गुराँस लघुवित्तको मूल्य ७.७३ प्रतिशतले घटेर २,४५८ रुपैयाँमा कायम भएको छ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरू:

नेपाल फाइनान्सले ५९ करोड ४७ लाख रुपैयाँको कारोबार गरी अग्रस्थानमा छ।
दोस्रो स्थानमा ङादी ग्रसप पावर, जसको ४८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।
समूहगत परिसूचकको अवस्था:
१३ समूहमध्ये ९ समूह हरियो अवस्थामा देखिए।

सर्वाधिक वृद्धि:
व्यापार समूहको परिसूचक ९.७० प्रतिशतले उकालो लाग्यो।
होटल्स तथा पर्यटन समूह ४.९९ प्रतिशतले बढेको छ।

यस दिन १२६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११२ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनी स्थिर रहे। सेयर बजारमा देखिएको यो सुधारले लगानीकर्तामा उत्साह थपेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट