Techie IT
२०८३ वैशाख २२, मंगलबार

पालेशा पेरिस प्यारालिम्पिक्सको क्वार्टरफाइनलमा

नेपालकी पलेशा गोवर्धन पेरिस प्यारालिम्पिक्सको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।


नेपालकी पलेशा गोवर्धन पेरिस प्यारालिम्पिक्सको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। उनीले शुक्रबार फ्रान्सको पेरिसमा भएको खेलमा भेनेजुएलाका भलेरिया मोरालेसलाई ३१-० ले हराइन्। पलेशाले K-44 श्रेणीमा ५७ किलोग्राम मुनिको पहिलो राउन्डमा विजयी भइन्।

 उनले क्वार्टरफाइनलमा ब्राजिलकी मायरा सिल्वाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछिन् । फर्नान्डेजले बाई मार्फत क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
 पलेशाले मार्चमा चीनमा भएको प्यारालिम्पिक्सको एशियाली छनोटमा सुनको पदक जितेर पेरिस प्यारालिम्पिक्सका लागि स्थान सुरक्षित गरेकी हुन्। उनी प्यारालिम्पिक्समा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली तेक्वान्दो खेलाडी हुन्।

पलेशाले गत वर्ष हाङ्जोउ, चीनमा भएको १९ औं एशियाई खेलमा कांस्य पदक जितेकी थिइन्। यसअघि, नेपालका भरत सिंह महता पेरिस प्यारालिम्पिक्समा तेक्वान्दोको K-44 श्रेणीमा ५८ किलोग्राममा जापानका मित्सुया तानाकासँग ३-१९ अंकले पराजित भएका थिए। महता वाइल्ड कार्ड प्रवेश मार्फत पेरिस प्यारालिम्पिक्सका लागि चयन भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट