Techie IT
२०८२ वैशाख २३, मंगलबार

प्रहरी महानिरीक्षक कुँवरद्वारा वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्घाटन


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कास्कीको वडा प्रहरी कार्यालय वैदाम परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, र भान्साघरको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।

कार्यक्रममा कुँवरले भवन निर्माणमा सहयोग गर्ने महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गर्दै पोखराको सुरक्षा चुनौती सामना गर्न नागरिकसँग सहकार्य आवश्यक रहेको बताए। उनले शून्य शहनशीलताको नीतिलाई आत्मसात् गरी पीडित वर्गको समस्यामा केन्द्रित हुन प्रहरीलाई निर्देशन दिएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

१० करोड ६० लाख रुपैयाँको लागतमा नेपाल सरकारको बजेटबाट निर्माण सम्पन्न उक्त भवनहरूको निर्माण सम्बन्धी प्रतिवेदन प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले प्रस्तुत गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट