Techie IT
२०८२ मंसिर १, सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लियो


चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले लामो समयपछि गति लिएको छ। संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा काम अघि बढिरहेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोष जनक रुपमा अघि बढेको बताएकी छिन् । उनले कामदारको संख्या उल्लेख्य रहेको र तोकिएको समयमा रंगशाला निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताइन् ।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने जिम्मा दिएको छ। निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको छ र महानगरपालिकाले चारजनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको छ ।

यस अघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण फेरि सुरु गरिएको छ। अहिले २५० जना कामदार खटिएका छन् र पहिलो चरणमा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।

धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ। नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ ।

महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का सम्झौता गरेको छ। फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ। सहयोग जुटाएर निर्माण सुरु गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रंगशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ

 

#GautamBuddhaIn'tCricketStadium #Chitwan #Renudahal



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट