विराटनगरलाई हराउँदै कर्णालीको लगातार दोस्रो जित
कप्तान सोमपाल कामीले अलराउण्ड (बलिङ र ब्याटिङ) प्रदर्शन गर्दै कप्तानी पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको सनसनीपूर्ण जित निकालेको छ। जारी सिजनमा कर्णालीको यो लगातार दोस्रो जित हो भने विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
पावर प्लेमै टोलीको ब्याटिङ धरमराएको अवस्थामा कप्तान सोमपाल कामीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। सोमपालले उत्कृष्ट अर्धशतक प्रहार गरे भने अर्का अलराउन्डर गुल्सन झाले पनि उत्कृष्ट साथ दिएपछि कर्णालीले अन्तिम ओभरमा जित सुनिश्चित गरेको हो।
यसअघि विराटनगरले उत्कृष्ट ब्याटिङ गर्दै कर्णालीसामु जितका लागि चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो। तर कप्तान सोमपालको नेतृत्वदायी ब्याटिङ र गुल्सनसँगको बलियो साझेदारीका कारण कर्णालीले असम्भव जस्तै देखिएको लक्ष्य सहजै हासिल गर्न सफल भयो।



तपाईको प्रतिक्रिया दिनुहोस